देउवा समूहको महाधिवेशन खुलामञ्चमा

मतदानका लागि राष्ट्रियसभा गृह


२०८३ कार्तिक १३ शुक्रबार १५:५६ बजे

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औं महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने तयारी गरेको छ । मंसिर २१ देखि २३ गतेसम्मका लागि तय गरिएको महाधिवेशनका मुख्य कार्यक्रम खुलामञ्चमा सञ्चालन गरिने भएको हो ।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिएका छन् । महाधिवेशन व्यवस्थापनका लागि खुलामञ्चसहित राष्ट्रियसभा गृह र भृकुटीमण्डपसमेत व्यवस्था गरिएको उनले बताए ।

निर्वाचन समितिको योजनाअनुसार महाधिवेशनको उद्घाटन समारोह, बन्दसत्र र केन्द्रीय सदस्य चयनका लागि हुने मतदान खुलामञ्चमा सञ्चालन गरिनेछ । पदाधिकारी चयनका लागि भने राष्ट्रियसभा गृहमा मतदान गर्ने व्यवस्था मिलाइएको कार्कीले बताएका छन् ।

त्यस्तै, महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको खानपान व्यवस्थापनका लागि भृकुटीमण्डप बुक गरिएको छ । तीनवटा फरक स्थानलाई महाधिवेशनका कार्यक्रम र व्यवस्थापनका लागि छुट्याइएको हो ।

देउवा समूहले गत १५ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो । निर्वाचन कार्यतालिकाअनुसार आगामी १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी छ । त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने समूहको योजना छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७