निर्वाचन आयोगले अद्यावधिक गर्यो गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति
देउवा पक्षको पत्रपछि पनि गगन नेतृत्वकै विवरण अद्यावधिक
काठमाडौं : निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गरेको छ।
आयोगले बुधबार कार्यसमितिको विवरण अद्यावधिक गरी त्यससम्बन्धी पत्रसमेत पठाएको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए। कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएको थियो। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका गगन थापा नेतृत्वको कार्यसमितिले आयोजना गरेको महाधिवेशनलाई आयोगले मान्यता दिँदै विवरण अद्यावधिक गरेको हो।
यसअघि पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिर २१ गते महाधिवेशन गर्ने तयारीसहित कार्यतालिका बुझाएर आयोगलाई जानकारी गराएको थियो। तर, आयोगले यसअघि गगन थापा नेतृत्वको कार्यसमितिलाई दिएको मान्यतालाई निरन्तरता दिँदै नयाँ विवरण अद्यावधिक गरेको छ।
आयोगको पछिल्लो निर्णयसँगै कांग्रेसको सांगठनिक नेतृत्वसम्बन्धी विवादमा आयोगको अडान यथावत् रहेको छ। यद्यपि, पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा परेको मुद्दा भने अझै विचाराधीन छ।
.gif)

.png)




