ग्लोबल आइएमई बैंकले गल्फ प्रतियोगिता गर्ने
काठमाडौं : खेलकुद संस्कृति र विभिन्न क्षेत्रका व्यक्तिबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६’ आयोजना गर्ने भएको छ ।
बैंकले आगामी मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा दुईदिने प्रतियोगिता सञ्चालन गर्न लागेको हो । प्रतियोगिताले खेलप्रेमीहरूलाई खेल, प्रकृति र आपसी सद्भावको विशेष अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतियोगितामा ‘होल इन वान’ गर्ने खेलाडीका लागि आधुनिक स्कोडा एसयूभी गाडी पुरस्कार राखिएको छ । त्यस्तै, अन्य विधाका विजेतालाई चन्द्रागिरि हिल्स र डिसहोमका विशेष प्याकेज प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतियोगिता आयोजना गर्न आइएमई रेमिट, डिसहोम, चन्द्रागिरि हिल्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, एमएडब्लू तथा बाराहसिंघेको सहकार्य रहेको छ ।
बैंकका अनुसार खेलकुद संस्कृतिको प्रवर्द्धन, आपसी सम्बन्ध विस्तार र विभिन्न क्षेत्रका खेलप्रेमी व्यक्तिहरूबीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।
आधुनिक प्रविधिको प्रयोगमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको ग्लोबल आइएमई बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि पाएको छ ।
त्यस्तै, बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, ‘बेष्ट बैंक ईएसजी नेपाल २०२४’ र ‘बेष्ट इम्प्लोयर’ लगायतका पुरस्कारसमेत प्राप्त गरेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सबै ७७ जिल्लामा सञ्जाल विस्तार गर्ने पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो ।
बैंकले हाल ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र विदेशमा रहेका तीन प्रतिनिधि कार्यालयसहित एक हजारभन्दा बढी सेवा केन्द्रबाट सेवा दिँदै आएको छ ।
यसका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै बैंकले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ ।
.gif)

.png)




