ग्लोबल आइएमई बैंकको कर्पोरेट भवन निर्माण सुरु
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु गरेको छ ।
शुक्रबार आयोजित समारोहमा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले विधिपूर्वक भूमिपूजा गर्दै भवन निर्माणको औपचारिक शुभारम्भ गरेका हुन् ।
बैंकको केन्द्रीय कर्पोरेट कार्यालयका रूपमा प्रयोग गर्ने उद्देश्यले निर्माण अघि बढाइएको उक्त भवनलाई आधुनिक संरचना तथा सुविधासहित विकास गर्ने बैंकको योजना छ ।
.gif)

.png)




