पत्रकार पक्राउ प्रहरीको आन्तरिक विषय भएको सरकारको दाबी


२०८३ कार्तिक १७ मंगलबार १७:०९ बजे

काठमाडौं : सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउको विषय प्रहरीको आन्तरिक मामिला भएको बताएका छन् । उनले संवेदनशील सूचनासम्बन्धी विषयमा प्रहरीले सामान्य सोधपुछ मात्र गरेको दाबी गरेका छन् ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रधानमन्त्रीले प्रहरी महानिरीक्षक (आईजीपी) को राजीनामा मागेको भन्ने भ्रामक सूचना कहाँबाट आयो भन्ने विषयमा प्रहरीले सोधपुछ गरेको बताए ।

‘संवेदनशील सूचनाहरू हुँदै नभएको भ्रामक कुरा आएको हुनाले सामान्य कसरी भयो, के भयो भनेर सोधपुछ मात्र भएको हो,’ उनले भने ।

उनले प्रहरीको कारबाहीमा गैरकानुनी गतिविधि भएको भए गृह मन्त्रालयले आवश्यक हस्तक्षेप गर्ने पनि बताए । ‘यदि त्यहाँ गैरकानुनी काम केही भएको छ र त्यसमा गृह मन्त्रालयले हस्तक्षेप गर्नुपर्ने अवस्था छ भने त्यो भइहाल्छ,’ उनले भने ।

पत्रकारमाथि गरिएको सोधपुछका विषयमा सरकारले पूर्ण अनुमति नदिएको र प्रधानमन्त्रीलाई समेत त्यसबारे जानकारी नभएको पोखरेलले स्पष्ट पारे । ‘सरकारसँग पूर्ण अनुमति लिएर गरेको होइन । त्यसमा सरकारलाई, प्रधानमन्त्रीलाई त्यसको केही पनि जानकारी थिएन । त्यसमा गृह मन्त्रालयले आवश्यक परे थप काम कारबाही गर्छ,’ उनले भने ।

प्रधानमन्त्रीलाई घटनाबारे जानकारी हुनासाथ पक्राउ परेका पत्रकारलाई छाड्न निर्देशन दिएको पनि उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७