एक महिनाभित्र भूमि प्रशासन सेवा सञ्चालन गर्न सबै स्थानीय तहलाई सरकारको निर्देशन


२०८३ कार्तिक १७ मंगलबार ०७:४३ बजे
फाइल फोटो

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सबै स्थानीय तहलाई आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको भूमि प्रशासन शाखाले पत्र जारी गर्दै सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई यस्तो निर्देशन दिएको हो । कात्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका अनुसार स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालनका लागि हालसम्म २२५ वटा स्थानीय तहबाट आशयपत्र प्राप्त भएको छ । तीमध्ये एक उपमहानगरपालिका, २० नगरपालिका र १२ गाउँपालिकाले सेवा सञ्चालन गरिसकेका छन् ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने बनेको अध्यादेश, २०८३ अनुसार मालपोत ऐन, २०३४ मा संशोधन गरी दफा ८(ग) मा रजिस्ट्रेसनसम्बन्धी काम स्थानीय तहले समेत गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

मालपोत नियमावली, २०३६ मा निर्दिष्ट व्यवस्थासमेतका आधारमा स्थानीय तहलाई सेवा सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बाँकी सबै स्थानीय तहलाई एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा अनिवार्य रूपमा सुरु गर्न ताकेता गरेको छ ।

हेर्नूहोस् निर्देशनः

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७