भारतीय विदेश सचिव मिश्री र परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिश्रीले बुधबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल–भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच लामो समयदेखि कायम मित्रतापूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारत भ्रमणको तयारीमा रहेका बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आएका हुन् ।
उनको भ्रमणका क्रममा प्रधानमन्त्री बालेनको प्रस्तावित भारत भ्रमणका एजेन्डा तथा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल हुने कार्यक्रम छ ।
.gif)

.png)




