सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन : नागरिकको सुरक्षामा कमजोरी नगर्नू


२०८३ कार्तिक १९ बिहीबार १५:२० बजे
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन् ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर प्रधानमन्त्री शाहले सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्रीले विशेषगरी चाडपर्वका बेला नागरिकको सुरक्षा र मुलुकको समग्र शान्ति–सुरक्षा व्यवस्थापनबारे सुरक्षा प्रमुखहरूसँग छलफल गरेका थिए ।

सो अवसरमा उनले देशको सुरक्षा व्यवस्था थप सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

त्यस्तै, नागरिकको जीउधनको सुरक्षामा कुनै कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन पनि उनले सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले नागरिकले सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्न निर्देशन दिएको बताइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७