विराटनगरविरुद्ध काठमाण्डुको टस जितेर फिल्डिङ
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गोर्खाजले टस जितेर विराटनगर किङ्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।
काठमाण्डुको कप्तानी करण केसीले गरिरहेका छन् भने विराटनगरको नेतृत्व सन्दीप लामिछानेले गरेका छन् ।
यस खेलका लागि विराटनगरले आफ्नो पहिलो रोजाइमा कुनै परिवर्तन गरेको छैन । काठमाण्डुले भने टोलीमा तीन परिवर्तन गरेको छ ।
मोहम्मद आदिल आलम, रिपोन मण्डल र स्मित पटेलको स्थानमा नेपाली विकेटकिपर साहिल पटेल, विल बोसिस्टो र सहान अराचिगेले काठमान्डुको पहिलो रोजाइमा स्थान पाएका छन् ।
.gif)

.png)




