एनपीएलमा आज दुई खेल : लुम्बिनी–जनकपुर र विराटनगर–काठमाडौं भिड्दै


२०८३ कार्तिक १९ बिहीबार ०७:१८ बजे
फाइल फोटो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा चार टोली प्रतिस्पर्धामा उत्रिँदैछन् ।

बिहीबार दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सले जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

लुम्बिनीले तीन खेलबाट दुई जित निकालेको छ भने वर्षाका कारण एक खेल रद्द भएपछि अंक बाँडेको छ । टोली ५ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

यता जनकपुरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ । ४ अंक जोडेको जनकपुर तालिकाको चौथो स्थानमा छ ।

आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् ।

विराटनगरले चार खेलबाट दुई जित र दुई हारसहित ४ अंक जोडेको छ । ऊ तालिकाको दोस्रो स्थानमा छ । काठमाडौं गोर्खाज भने दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोर्दै सातौं स्थानमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७