पीपीपी मोडलमा बरुवा बसपार्क बनाउने कोशी सरकारको योजना


२०८३ कार्तिक १८ बुधबार १६:५५ बजे

काठमाडौं : कोशी प्रदेश सरकारले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत ठूला पूर्वाधार तथा सेवामूलक आयोजना अघि बढाउने भएको छ ।

बुधबार उदयपुरको त्रियुगा नगरपालिका–६, जलजलेस्थित यातायात व्यवस्था सेवा कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी क्षेत्रको लगानी भित्र्याएर विकास निर्माणका आयोजना सञ्चालन गर्ने सरकारको योजना रहेको बताएका हुन् ।

त्रियुगाको बरुवा बसपार्क पीपीपी मोडलमा निर्माण गर्ने प्रस्तावले प्रदेश लगानी प्राधिकरणबाट स्वीकृति पाइसकेको उनले जानकारी दिए । निजी क्षेत्रको लगानी र सहभागितामार्फत ठूला आयोजना अघि बढाउने सरकारको तयारी रहेको उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले एक हजार किलोमिटर सडक बहुवर्षीय योजनामार्फत निर्माण तथा स्तरोन्नति गरिरहेको र सयौँ पक्की तथा झोलुङ्गे पुल निर्माण गरेको दाबी गरे । प्रदेश सरकारको औचित्य विकास निर्माणका कामबाटै पुष्टि हुँदै गएको उनको भनाइ थियो ।

यसैबीच, कोशी प्रदेश सरकारले २०७९ माघ १४ गते ४२ लाख रुपैयाँ बजेट विनियोजन गरी निर्माण सुरु गरेको यातायात व्यवस्था सेवा कार्यालयको भवन झन्डै एक करोड रुपैयाँ लागतमा सम्पन्न भएको हो । पटक–पटक बजेट विनियोजन गरेर निर्माण पूरा गरिएको उक्त भवनमा १३ वटा कोठा छन् ।

यसअघि गाईघाटस्थित भाडाको घरबाट सञ्चालन हुँदै आएको कार्यालय अब आफ्नै भवनबाट सेवा प्रवाह गर्न थालेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७