अमेरिका–इरान युद्ध अन्त्य हुने संकेतसँगै कच्चा तेलको मूल्य ९० डलरभन्दा तल
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९० अमेरिकी डलरभन्दा तल झरेको छ । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य हुन सक्ने आशा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको हो ।
अन्तर्राष्ट्रिय बजारको प्रमुख मानक मानिने ब्रेन्ट नर्थ सी क्रुडको मूल्य अगस्टयता पहिलोपटक प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको छ ।
ब्रेन्ट क्रुडको मूल्य ३.१ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.६६ डलर कायम भएको छ । त्यस्तै, अमेरिकी बजारको प्रमुख मानक वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य २.३ प्रतिशतले घटेर प्रतिब्यारेल ८४.८६ डलरमा झरेको छ ।
यसअघि सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताएका थिए । उनको अभिव्यक्तिपछि युद्ध चाँडै अन्त्य हुन सक्ने अपेक्षाले तेल बजारमा प्रभाव पारेको हो ।
यद्यपि ट्रम्पले इरानमाथि थप सैन्य आक्रमण गर्ने सम्भावनालाई भने खुला राखेका थिए ।
.gif)

.png)




