पृथ्वी राजमार्गको घोप्टेभिरमा पहिरोको जोखिम कायमै


२०८३ कार्तिक २६ बिहीबार ०९:१४ बजे
फाइल फोटो

चितवन : पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभिरमा पहिरो पन्छाए पनि सडक अझै एकतर्फी मात्रै सञ्चालनमा छ ।

लगातार तीन दिन खसेको सुक्खा पहिरो पन्छाएपछि मङ्गलबार दिउँसो १ः४० बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो ।

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आइतबारदेखि मङ्गलबारसम्म पटकपटक सुक्खा पहिरो खसेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल थापाका अनुसार चाडपर्वका कारण सवारीसाधनको चाप बढ्नु र पहिरो ठूलो हुनुका साथै मजदुर बिदामा गएकाले सडक दुईतर्फी सञ्चालनमा ल्याउन कठिन भएको हो ।

पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएकाले सामान्य पहिरो खसे तत्काल हटाउने व्यवस्था मिलाइएको उनले बताए ।

मौसमको अनुकूलता, सवारी चाप र अन्य अवस्थाको मूल्याङ्कन गरेर मात्रै सडक दुईतर्फी सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ ।

घोप्टेभिरमा पटकपटक पहिरो खस्दा काठमाडौँ आवतजावत गर्ने सवारीसाधन र यात्रुले सास्ती खेप्दै आएका छन् । सडक एकतर्फी सञ्चालनमा आए पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७