ह्याट्रिकको समेत पत्तो थिएन, साथीहरूले सुनाएपछि थाहा पाएँ : लामिछाने
काठमाडौं : विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत कीर्तिमानभन्दा टोलीको जितलाई प्राथमिकता दिएर खेलेको बताएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेपछि प्रतिक्रिया दिँदै उनले टोलीका लागि महत्वपूर्ण दुई अंक हासिल गर्नु आफ्नो मुख्य लक्ष्य रहेको बताए ।
पोखराविरुद्ध ह्याट्रिकसहित ६ विकेट लिएका लामिछानेले ह्याट्रिक भएको कुरा आफूलाई सुरुमा थाहा नभएको सुनाए । टोलीका साथीहरू आएर बताएपछि मात्रै त्यसबारे जानकारी पाएको उनको भनाइ थियो ।
उनले विकेट संख्याभन्दा पनि कुन परिस्थिति र समयमा बलिङ गरियो भन्ने कुरा महत्वपूर्ण हुने बताए ।
अर्को इन्डबाट अन्य बलरले दबाब सिर्जना गरिदिएकाले आफूलाई बलिङ गर्न सहज भएको र जित टोलीको सामूहिक प्रयासको नतिजा भएको उनले उल्लेख गरे ।
.gif)

.png)




