लुम्बिनीको कसिलो बलिङमा कर्णाली १०५ रनमै अलआउट
काठमाडौं : लुम्बिनी लायन्सका बलरहरूले कसिलो बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्स १०५ रनमै अलआउट भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन बनायो ।
(2).jpeg)
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । हुसेन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे । गुल्सन झाले १३ रन बनाउँदा पवन सर्राफले १२ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यस सिजन पहिलो खेल खेल्दै ओपनिङ गरेका दीपेन्द्र रावत खाता नखोली आउट भए ।
अरिफुल इस्लाम र दीपक डुम्रेले समान ४, नयाँ कप्तान डेभिड मिलरले ५, मार्क वाटले २ र नन्दन यादवले ३ रन बनाए ।

१५ रनमै चार विकेट गुमाएको कर्णालीलाई पवन र सोमपालले ४० रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए । तर, नियमित अन्तरालमा विकेट गुमाउँदा टोली ठूलो योगफल बनाउन असफल भयो ।
लुम्बिनीका लागि अभिशेष गौतम, डार्सी सर्ट, किशोर महतो र कप्तान रोहित पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पलम्यान र शेर मल्लले एक–एक विकेट हात पारे ।


.gif)

.png)




