विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन तीन प्रहरी अधिकारी दुबई प्रस्थान


२०८३ कार्तिक २९ आइतबार १६:०१ बजे

काठमाडौं : विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन नेपाल प्रहरीका तीन अधिकारी आइतबार दुबई प्रस्थान गरेका छन् ।

नोभेम्बर १६ देखि १८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा हुने सम्मेलनमा सहभागी हुन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ऋषिराम कँडेलको नेतृत्वमा तीन सदस्यीय टोली त्यसतर्फ गएको हो ।

नेपाल प्रहरीका सहप्रवक्ता एवं एसएसपी दीपशमशेर जबराले कँडेलसहित तीन प्रहरी अधिकारी सम्मेलनमा सहभागी हुन दुबई गएको जानकारी दिए । टोलीमा एक प्रहरी नायब उपरीक्षक (डीएसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) पनि छन् ।

यसअघि सम्मेलनमा सहभागी हुन गृहमन्त्री सुदन गुरुङ शुक्रबार नै दुबई प्रस्थान गरेका थिए । त्यतिबेला उनीसँग प्रहरी अधिकारी सहभागी थिएनन् ।

अहिले भने तीन प्रहरी अधिकारीलाई पनि सम्मेलनमा सहभागी हुन पठाइएको हो 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७