खसीको मासु भन्दै बाख्रीको मासु बिक्री : ८ जना व्यक्तिसहित थप ५१ बाख्री नियन्त्रणमा


२०८३ मङ्सिर १३ आइतबार १४:०१ बजे

काठमाडौं : खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा पक्राउ परेका आठ जनामाथि अनुसन्धान गर्ने क्रममा प्रहरीले थप ५१ वटा बाख्री नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार बिहान काठमाडौं महानगरपालिका–२८ स्थित टुकुचा खसी बजारबाट ५६७ किलो बाख्रीको मासुसहित आठ जनालाई पक्राउ गरेको थियो ।

बाख्री तथा पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले बजारमा चेकजाँच गरेको थियो । सो क्रममा बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअपमा मासु लोड गर्दै गरेको अवस्थामा उनीहरू पक्राउ परेका थिए ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले सोही दिन थप चेकजाँच गरेको थियो । त्यसक्रममा ५१ वटा बाख्री फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका बाख्रीलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७