नेपाली पावरलिफ्टर मनोज श्रेष्ठलाई शिवम् सिमेन्टको सहकार्य


२०८३ मङ्सिर १३ आइतबार १४:४५ बजे

काठमाडौं। नेपाली पावरलिफ्टिङ क्षेत्रमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि नेपालको अग्रणी उद्योग शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ।

सन् २०१७ देखि पावरलिफ्टिङ क्षेत्रमा सक्रिय श्रेष्ठले विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन्। गत वर्ष सम्पन्न अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जित्नुका साथै उनले स्क्वाट तथा डेडलिफ्टमा उच्च तौल उठाएर प्रभावशाली प्रदर्शन गरेका थिए। नेपालको झण्डासहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै उनले अनुशासन, आत्मविश्वास र अथक मेहनतको उदाहरण प्रस्तुत गरेका छन्।

सन् २०१७ देखि २०२५ सम्म श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्। उनका प्रमुख उपलब्धिहरूमा अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक, ग्लोबल पावरलिफ्टिङ च्याम्पियनसिप २०२४ मा स्वर्ण पदक, प्रथम राष्ट्रिय स्तरको ओपन पावरलिफ्टिङ प्रतियोगितामा स्वर्ण पदकलगायत विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन रहेका छन्। साथै, नेपाल नेसनल रेकर्ड तथा नेपाल स्ट्रेन्थ एन्ड फिटनेस र च्याम्पियनसिप (NSFC) द्वारा आयोजित विभिन्न प्रतियोगितामा पनि उनले सफलता हासिल गर्दै आएका छन्।

मनोज श्रेष्ठको निरन्तर मेहनत, अनुशासन र शारीरिक क्षमताको सम्मान गर्दै शिवम् सिमेन्टले उनको आगामी खेल यात्रालाई थप सहज र उत्कृष्ट बनाउन सहकार्य गर्न लागेको जनाएको छ। गुणस्तर र मजबुतीलाई आफ्नो पहिचान बनाएको शिवम् सिमेन्टले श्रेष्ठको शक्ति, आत्मविश्वास र दृढतालाई आफ्नै ब्रान्डको मजबुतीसँग जोडेर हेरेको कम्पनीको भनाइ छ।

शिवम् सिमेन्टले यसअघि पनि भलिबल, फुटबल, क्रिकेट, म्याराथनलगायत विभिन्न खेलकुद गतिविधिमा सक्रिय सहभागिता जनाउँदै नेपाली खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ। खेलकुदमार्फत युवामा ऊर्जा, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित शिवम् सिमेन्ट सधैँ खेल र खेलाडीको साथमा उभिँदै आएको कम्पनीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७