आधा सिलिण्डर ग्यासको मूल्य कुन ठाँउमा कति ?


२०७६ चैत १४ शुक्रबार १५:४७ बजे

काठमाडौं, चैत १४ ।  नेपाल आयल निगमले ग्यास उद्योगीलाई आधा सिलिण्डर ग्यास बजारमा पठाउन निर्देशन दिएको छ।

सिलिण्डरको व्यवस्थापन गर्न निगमले उक्त निर्देशन दिएको बताएको छ। उक्त निर्देशन शुक्रबार (आज) बाट लागु भएको एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए। उनका अनुसार आजबाट बजार आधा सिलिण्डर ग्यास बजारमा गएको छ। प्रतिसिलिण्डर १४.२ केजी ग्यास हुने गर्थ्यौ। अब उपभोक्ताले प्रति सिलिण्डर ७.१ केजी ग्यास पाउँनेछन्।
त्यस्तै, काठमाडौं लगायतका अन्य स्थानका उपभोक्तालाई भने ६ सय ८७ रूपैयाँ ५० पैसा पर्ने छ।

यससँगै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका उपभोक्तालाई आधा सिलिण्डर ग्यासको मूल्य ६ सय ७० रूपैयाँ पर्ने व्यवसायीहरूले बताएका छन्। तराई क्षेत्रमा ६ सय ७७ रूपैयाँ ५० पैसा पर्ने छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७