नेपालगञ्जमा जेसीबीको नयाँ मेसिन सार्वजनिक, १० ग्राहकलाई हस्तान्तरण


२०८३ कार्तिक २० शुक्रबार २२:२७ बजे

नेपालगञ्ज । नेपालमा जेसीबी निर्माण तथा भारी उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रालिले नेपालगञ्जमा जेसीबी एग्रिम्याक्स सार्वजनिक गरेको छ। कम्पनीले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नयाँ मेसिन बजारमा ल्याएको हो।

कम्पनीले आयोजना गरेको ‘प्रगतिमा साझेदारी’ कार्यक्रममा नयाँ मेसिन सार्वजनिक गरिएको हो। नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा करिब २५० जना ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो।

कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, बर्दियाका वरिष्ठ उपाध्यक्ष निर्मल केसी, महासंघका केन्द्रीय समितिका पूर्ववरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एमएडब्लू अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा मेसिनको अनावरण गरेका थिए।

जेसीबी एग्रिम्याक्स सामग्री ओसारपसार तथा व्यवस्थापनका लागि तयार पारिएको बहुउपयोगी मेसिन हो। यसमा विभिन्न प्रकारका उपकरण जडान गर्न सकिन्छ। कृषि, प्लाइउड उद्योग, तयारी कङ्क्रिट, क्रसर उद्योग, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु तथा कोइला उद्योगलगायतका क्षेत्रमा यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

कार्यक्रममा जेसीबी ३ डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर र जेसीबी जेनेरेटरसमेत प्रदर्शन गरिएको थियो। निर्माण, माटो खन्ने तथा ओसारपसार गर्ने काम र विद्युत् उत्पादनका लागि उपयोगी विभिन्न उपकरण प्रदर्शन गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा १० जना ग्राहकलाई जेसीबीका मेसिन हस्तान्तरण गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सुवेदीले नयाँ मेसिन सार्वजनिकसँगै पश्चिम नेपालका विभिन्न व्यवसायका लागि बहुउपयोगी र प्रभावकारी उपकरण उपलब्ध गराउने प्रयास गरिएको बताए। ग्राहकले कम्पनी र उत्पादनप्रति देखाएको विश्वासलाई महत्त्वपूर्ण उपलब्धि मान्दै उनले गुणस्तरीय सेवा र निरन्तर सहयोगमार्फत ग्राहकको व्यावसायिक प्रगतिमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।

एमएडब्लू अर्थमुभर्सका अनुसार कम्पनीसँग २४ वर्षभन्दा लामो बजार अनुभव छ। देशभर ३० भन्दा बढी बिक्री तथा सेवा केन्द्र र २०० भन्दा बढी प्राविधिकको सञ्जाल रहेको कम्पनीले १२ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७