नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाकाे अध्यक्षमा मानबहादुर राना निर्वाचित
मानबहादुर राना मगर[/caption]
फिप्नामा १४ वटा जातिय संस्था सदस्य छ । न्यू ह्यामशायरमा फिप्नाको च्याप्टर छ । अधिवेशनमा जातीय संस्था र च्याप्टरका ६८ प्रतिनीधिको नाम दर्ता छ । निर्वाचनका परिणाम घोषणा भएपछि बाँङ्दलले नव निर्वाचित अध्यक्ष मगरलाई खादा ओढाएर कार्यकालको सफलताको शुभकामना दिए । उनी दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष रहिसकेका छन्
'सबै मिलेर अघि बढ्नुपर्छ'
नवनिर्वाचित मगरले फिप्नाको उदेश्य प्राप्तिका लागि सबैलाई मिलाएर लाने बताए । उनले सहमति र सहकार्यका लागि जे पनि गर्न तत्पर रहेको उल्लेख गरे । ‘सहकार्य गरेर अघि बढेनौं र हामी सँगै एक जुट हुन सकेनौं भने कार्यसमितिले मात्र केही गर्न सक्दैन,’ उनले भने ।
सहमति नभएपछि फिप्नामा अध्यक्ष र महासचिव पदको निर्वाचन भएको हो । महासचिवमा प्रेम गुरुङ प्रतिद्वन्द्वी विनिता तामाङलाई १८ मतले पछि पार्दै विजयी भए । गुरुङले ४० मत पाएका थिए भने तामाङले २२ मत पाएकी थिइन् ।
फिप्नाको वरिष्ठ उपाध्यक्षमा राजकुमार बिस्ट, उपाध्यक्षमा निमा ल्हमो, कोषाध्यक्षमा विजयमान सिंह, सचिवमा गोवा शेर्पा र सदस्यमा जयवीर गुरुङ र फुर्पा लामा निर्विरोध निर्वाचित भए । नयाँ कार्य समितिलाई प्रमुख निर्वाचन आयुक्त भरत लामाले सपथ ग्रहण गराए ।
[caption id="attachment_24517" align="alignnone" width="758"]
नयाँ नेतृत्व सपथ ग्रहण गर्दै ।[/caption] .gif)

.png)


