जडिबुटीमा प्रहरीमाथि खुकुरी प्रहार, लुटेरा नियन्त्रणमा लिन गोली चलाइयो


२०८३ असोज २२ बिहीबार ०७:५२ बजे

काठमाडौं : लुटपाटमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले काठमाडौंको कोटेश्वरस्थित जडिबुटी पुलमुनि गोली चलाएको छ।

लुटपाटमा संलग्न व्यक्ति जडिबुटी पुलमुनि रहेको सूचना पाएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको थियो।

त्यसक्रममा लुटेराले प्रहरीमाथि नै खुकुरी प्रहार गरेपछि आत्मरक्षाका क्रममा गोली चलाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिए।

प्रहरीले घटनास्थलबाट लुटपाटमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको घिमिरेले बताए।

घटनामा घाइते भएका प्रहरी र एक लुटेरालाई उपचारका लागि अस्पताल लगिएको छ। 

उनीहरूको अवस्था तथा पहिचानसहित थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७