चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो : ओली


२०७९ मङ्सिर १३ मंगलबार १६:०७ बजे

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् ।

एमालेका कार्यकर्तामाथि धडपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ । सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए ।

ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बन्नोस् भनी शुभेच्छा समेत प्रकट गरेका थिए । संसदीय निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९–१० सिटको फरक पर्ने देखिएको छ । त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७