‘जबज’ अंगीकार नगरेको भन्दै प्रदीप नेपालले छाडे माधव नेपालको साथ


२०७८ भदौ १४ सोमबार १५:३१ बजे

काठमाडौं, १४ भदौं । नेकपा एमाले छाडेर नेकपा (एकीकृत) समाजवादीतिर लागेका प्रदीप नेपालले माधव नेपालको साथ छाडेको घोषणा गरेका छन् ।

निर्वाचन आयोगमा नेकपा एकीकृत समाजवादी दल गठनका लागि सनाखतका लागि पुगेका नेपालले एक साता नबित्दै माधव नेपालले धोका दिएको भन्दै विदा मागेका हुन् ।

उनले केपी शर्मा ओलीको तानाशाही प्रवृत्तिको आफूले सधैँ विरोध गरेको पनि बताएका छन् । ओलीको त्यही प्रवृत्तिका कारण आफूले उनलाई साथ नदिने पनि नेपालले बताएका छन् । मदन भण्डारीद्वारा प्रतिपादित बहुदलीय जनवादलाई अंगीकार गर्ने गरी आफूले माधव नेपाललाई साथ दिए पनि त्यस विषयमा धोका दिएकाले विदा लिएको उनले बताएका छन् ।

‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैँ विरोधी हुँ’, उनले भने, ‘तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ । बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ । तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो, विदा !’

https://www.facebook.com/pradip.nepal.9/posts/4599175646792658

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७