सडक डिभिजनका इन्जिनियरविरुद्ध २ करोड २६ लाख बढीको अवैध सम्पत्ति आर्जनमा मुद्दा


२०८३ श्रावण १३ बुधबार १३:५६ बजे

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजविरुद्ध लामो समयसम्म गरेको अनुसन्धानपश्चात वैधानिक स्रोत खुल्न नसकेको करिब साढे २ करोड रुपैयाँ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार इन्जिनियर चौधरी सार्वजनिक सेवामा प्रवेश गरेको प्रारम्भिक मिति २०६५ साल पुस ११ गतेदेखि २०८२ साल असार २९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो। उक्त १५ वर्षभन्दा बढीको लामो कालखण्डमा निज र निजको एकाघर परिवार तथा सगोलमा रहेका सदस्यहरूको नाममा आर्जित सम्पत्ति, भएको आय र विभिन्न शीर्षकमा गरिएको खर्च तथा लगानीको फेहरिस्त तयार गरी गहिरो आर्थिक विश्लेषण गरिएको थियो।

अख्तियारका अनुसार चौधरी २०६५ पुस ११ गते सेवामा प्रवेश गरेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ रहेको देखिएको छ । तर सोही अवधिमा उनको खर्च तथा लगानी भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ पुगेको पाइएको छ ।

आयभन्दा बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँको स्रोत खुलाउन नसकेकाले उक्त रकम भ्रष्टाचारबाट आर्जन गरेको अख्तियारको निष्कर्ष छ । अवैध रकम पत्नी अर्पना कुमारीको नाममा घर-जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी गरिएको भन्दै अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाएको छ ।

चौधरीविरुद्ध जरिवाना र कैद सजायको माग गर्दै वास्तविक सम्पत्ति लुकाएको तथा झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको दाबीसमेत गरिएको छ

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७