एरिकाले भोलि जोर्डनकी नासिरसँग खेल्ने


२०८३ असोज ३ शनिबार २०:२० बजे

काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत करातेमा नेपालकी एरिका गुरुङले भोलि जोर्डनकी यारा नासिरसँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

महिलातर्फ ६८ केजीमाथिको कुमुतेमा कुल आठ खेलाडी सहभागी छन्। एरिका र नासिरबीचको खेलको विजेता सेमिफाइनलमा प्रवेश गर्नेछ। १९औँ एसियाली खेलकुदमा एरिकाले नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। त्यसैले यसपटक पनि उनीबाट नेपाली खेलप्रेमीले पदकको अपेक्षा गरेका छन्।

यसैगरी भोलि पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर तथा ६० केजीमुनि मीनबहादुर तामाङले अन्तिम १६ को प्रतिस्पर्धा गर्नेछन्। महिला एकल कातामा सानुमाया थिङले पहिलो चरणमा दक्षिण कोरियाकी चोइ हेइनसँग प्रतिस्पर्धा गर्नेछिन्। उक्त खेलको विजेताले क्वार्टरफाइनलमा स्थान बनाउनेछ।

कुमुतेतर्फ प्रत्येक तौल समूहमा आठ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। एसियाली खेलकुदको तयारीका लागि नेपाली कराते टोली केही दिनअघि जापान पुगेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७