गोर्खाज फाइनान्सका अध्यक्ष राईले लिए शपथ


२०७९ भदौ २१ मंगलबार १५:२३ बजे

काठमाडौं, २१ भदौ । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष डेकिन्द्र कुमार राईले सपथ लिएका छन् । मंगलबार एक कार्यक्रमका बीच वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक तथा नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टसँग उनले शपथ लिएका हुन् । सपश ग्रहण कार्यक्रमपछि बोल्दै डा. भट्टले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

फाइनान्सका सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले पदबाट राजिनामा दिएपछि रिक्त अध्यक्ष पदमा सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले निर्वतमान अध्यक्ष गौरव बुढाथोकीको प्रस्तावमा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले जानकारी दिए ।

आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत घिमिरेले दिए ।

हाल २६ शाखा, १ एक्स्टेन्सन काउण्टर र ६ वटा एटिएम सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको छ । यो भौगोलिक पहुँच र ९० हजार भन्दा बढी ग्राहक संख्याका ग्राहक वर्गका हिसाबले नेपालको अग्रणी फाइनान्समध्ये मध्ये एक हो ।

गोर्खाज फाइनान्स लिमिटेडले गत असारमा चारवटा नयाँ निक्षेप योजना सार्वजनिक गरेको छ । फाइनान्सले विशेष गोर्खाज बचत खाता खोल्दा दीर्घरोग बिमा तथा दुर्घटना बिमाको सुविधा पाउनुको साथै निःशल्क मोबाइल बैंकिङ, निःशुल्क एटिएम, निःशुल्क डिम्याटलगायतका सुविधासहितको योजनाहरु सञ्चालन रहेको छ  ।

यो पनि हेर्नुहोस्
गोर्खाज फाइनान्स लिमिटेडको अध्यक्षमा डेकिन्द्र कुमार राई

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७