गोर्खाज फाइनान्सले भर्चुअल क्रेडिट कार्ड सेवा ल्याउँदै
काठमाडौं : गोर्खाज फाइनान्स लिमिटेडले आफ्ना ग्राहकका लागि Fonepay Virtual Credit Card सेवा सञ्चालनमा ल्याउने भएको छ। यसका लागि फाइनान्स र F1Soft International Pvt. Ltd. बीच सम्झौता भएको छ।
सम्झौताअनुसार गोर्खाज फाइनान्सले Fonepay Virtual Credit Card Module प्रयोग तथा कार्यान्वयन गरी ग्राहकलाई डिजिटल माध्यमबाट भर्चुअल क्रेडिट कार्ड सेवा उपलब्ध गराउनेछ।
सम्झौताअन्तर्गत F1Soft ले सम्बन्धित सफ्टवेयर मोड्युलको लाइसेन्स, कार्यान्वयन तथा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने बताइएको छ।
डिजिटल कारोबारप्रति ग्राहकको बढ्दो रुचि र आवश्यकतालाई ध्यानमा राख्दै भर्चुअल क्रेडिट कार्ड सेवाले डिजिटल माध्यमबाट क्रेडिट कार्डसम्बन्धी सेवा तथा कारोबारलाई सहज र व्यवस्थित बनाउने कम्पनीको अपेक्षा छ।
गोर्खाज फाइनान्सले पछिल्लो समय डिजिटल बैंकिङ तथा प्रविधिमा आधारित वित्तीय सेवाको विस्तारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। नयाँ सेवा सञ्चालनमा आएपछि फाइनान्सको डिजिटल वित्तीय सेवा पोर्टफोलियो थप विस्तार हुने बताइएको छ।
.gif)

.png)


