भोटेकोशी बाढीपीडितलाई गोर्खाज फाइनान्सको १५ लाख बढी सहयोग


२०८३ भदौ २७ शनिबार १०:३८ बजे

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गोर्खाज फाइनान्स लिमिटेडले १५ लाख १८ हजार ४२६ रुपैयाँ २७ पैसा आर्थिक सहयोग गरेको छ।

फाइनान्सले उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा हुने गरी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। सहयोग रकमको चेक फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र इवाहाङले अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेका थिए।

यस मानवीय अभियानमा फाइनान्सका सम्पूर्ण कर्मचारीले समेत आफ्नो दुई दिनको तलब बराबरको रकम स्वेच्छिक रूपमा योगदान गरेका छन्। प्राकृतिक विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै फाइनान्सले सहयोग उपलब्ध गराएको जनाएको छ। बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

सहयोग हस्तान्तरणका क्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले विपद्का बेला वित्तीय संस्था वित्तीय कारोबारमा मात्र सीमित रहन नहुने बताए। ‘यस्तो विपद्को समयमा वित्तीय संस्था केवल वित्तीय कारोबारमा मात्र सीमित रहनु हुँदैन। समाज र समुदायप्रति हाम्रो ठूलो जिम्मेवारी हुन्छ। यो विनाशकारी बाढीबाट प्रभावित नागरिकको पीडामा साथ दिनु हाम्रो मानवीय तथा संस्थागत दायित्व हो,’ उनले भने।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७