सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएका नेपाली शान्ति सेनाको बदली
काठमाडौँ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएको नेपाली शान्ति सेनाको अदली बदली भएको छ ।
युनाइटेड नेसन्स मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्ट्याबिलाइजेसन मिसन (मिनुस्का) मा सहभागी श्री जबरजंग गण (शान्ति सेना) हाइ रेडिसन प्रोटेक्सन बटालियन चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट (शान्ति सेना) सातौं डफ्फा (रेनफेर्स) लाई बदली गर्नको लागि श्री भवानीबक्स गण, पाँचौं डफ्फा र श्री सैनिक प्रहरी युनिट, आठौं डफ्फाका १६३ जना सैनिकहरुको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको जंगी अड्डाले जनाएको छ ।
सो टोली सेनानी केशव बहादुर थापाको नेतृत्वमा इथिपियोन एयरलाइनसको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो । प्रमुख सेनानी रित बहादुर रानाभाटको कमाण्डमा खटिएको उक्त गणका ४६७ तथा सैनिक प्रहरी युनिटका १०३ जना गरी जम्मा ५७० सकलदर्जाहरु यस अगावै मिशन ईलाकामा पुगिसकेका छन् ।
यस्तै, उक्त मिशनमा तैनाथ श्री जबरजंग गण, चौथो डफ्फा र श्री सैनिक प्रहरी युनिट, सातौं डफ्फाका १६२ जना सैनिकहरु प्रमुख सेनानी राजेशविक्रम शाहीको नेतृत्वमा बुधबा स्वदेश फिर्ता भएका छन् ।
.gif)

.png)


