राष्ट्रिय स्वतन्त्र पार्टीको रङ्ग अझै स्पष्ट छैन : अध्यक्ष लिङ्देन
कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको अझै रङ्ग स्पष्ट नभएको बताएका छन् ।
वैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपाले उप–निर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रङ्ग भने स्पष्ट हुन नसकेको उनले बताए । आज (शनिबार) राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु आएका उनले पत्रकारसँग कुरा गर्दै सो कुरा बताएका हुन् ।
राप्रपासहितका कांग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरुको रङ्ग प्रष्ट भइसकेको तर रास्वपाको रङ्ग प्रष्ट भईनसकेको उनको भनाई छ । हालै सम्पन्न उपनिर्वाचनमा रास्वपाको सफलतालाई राप्रपाले सकारात्मक रुपमा लिएको बताउँदै उनले भने, ‘रास्वपाले २ वटा सिटमा राम्रो मतान्तरसहित जित हात पा¥यो, यसले आमजनता परिवर्तनको पक्षमा जान थाल्यो भन्ने कुरालाई प्रमाणित गरेको छ ।’ उनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको दाबी गरे ।
उनले उपनिर्वाचनको मत परिणामले मतदाता विकल्पतर्फ र व्यक्ति केन्द्रित हुदैं गएको भन्ने देखिएको बताएका छन् । उनले राप्रपाका मूल एजेण्डालाई केही वर्ष भित्रै कांग्रेस, एमालेसहितका प्रमुख राजनीतिक दलले लिएर अघि बढ्ने परिस्थितिको सिर्जना गर्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले छोटो समय सरकारमा रहँदा ४ वर्षदेखि हुन नसकेको विद्युत् सम्झौता खुल्ला गरेको बताउँदै तमोर, बुढीगण्डकी, दुधकोशी जस्ता जलाशययुक्त आयोजनाहरु बन्ने सुनिश्चितता गरेको दाबी गरे । उनले आगामी २०८४ मा हुने चुनावबाट संघीय सांसदमा हालको प्रतिनिधित्व १४ औं गुणा बढ्ने र सोही अनुरूपमा काम गर्न पार्टी नेता–कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
.gif)

.png)

