देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेमाथि देशद्रोहको मुद्दा चलाउनु पर्छ : विष्णु रिजाल
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालले नागरिकलाई जानजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेमाथि देशद्रोहको मुद्दा चलाउनु पर्ने बताएका छन् ।
आज (सोमबार) बिहान सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले यस्तो बताएका हुन् । ‘नक्कली शरणार्थी प्रकरण ठगी, मानव बेचबिखन, संगठित अपराध र भ्रष्टाचार त हुँदै हो, खासमा देशद्रोह हो ।’
नेता रिजालले भनेका छन्, ‘नागरिकलाई जानजान ठगेर देशलाई अन्तर्राष्ट्रिय रुपमा बद्नाम गर्नेमाथि देशद्रोहको मुद्दा चलाउनु पर्छ । उप्रम, गृहमन्त्री, गृहसचिव– जोसुकै होउन्, कानुनको नजरबाट बराबर सावित गर्नुपर्छ ।’ एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख रिजालको उक्त अभिव्यक्ति आफ्नै पार्टीका निलम्बित सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेको भोलिपल्ट बिहानै आएको हो ।
हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे लगाएत १३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकको छ । सोही प्रकरणमा नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा र पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
https://twitter.com/bishnurijal1/status/1657937469390848000?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1657937469390848000%7Ctwgr%5E7b27fbd145ce3e7076ed5b63e9786a7d8424582c%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.dainiknepal.com%2F2023%2F05%2F626828.html
.gif)

.png)
