‘हनी ट्रयाप’ मा पारेर एक करोड ‘बार्गेनिङ’, युवतीसहित दुई जना पक्राउ


२०८१ असार २८ शुक्रबार ०९:३७ बजे

काठमाडौं । ‘हनी ट्रयाप’ मा पारेर एक करोड रुपैयाँ मोलमोलाई (बार्गेनिङ) गरेको आरोपमा युवतीसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत सम्पर्क गरेर पीडितलाई साथी बनाएकी युवतीले कोठामा बोलाएर अश्लील भिडिओ रेकर्ड गरेकी थिइन् । सोही भिडिओ देखाएर उनीहरुले उक्त रकमको बार्गेनिङ गरेका थिए । प्रहरीका अनुसार उनीहरुले पीडितसँग १५ लाख रुपैयाँ लिइसकेका थिए ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीकी २० वर्षीया तेन्जी डोल्मा छिरिङ भन्ने सिर्जना तामाङ र जुगलका २९ वर्षीय सौरभ तामाङ भन्ने लिलाबहादुर तामाङ छन् । लिलाले पीडितको फेसबुक लिंक सिर्जनालाई पठाएर साथी बन्न लगाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । ‘युवतीले पीडितलाई आफ्नै कोठामा बोलाएर गरेको अश्लील हर्कत मोबाइलमा गोप्य रुपमा रेकर्ड गरेर बार्गेनिङ सुरु गरेको देखिएको छ’, एसएसपी भट्टराईले भने ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७