सहकारी ठगी आरोपमा वडा सदस्य तातेड पक्राउ


२०८१ श्रावण ४ शुक्रबार ०९:०४ बजे

राजविराज । सहकारी ठगीको आरोप लागेका सप्तरीको राजविराज नगरपालिका– ३ का वडासदस्य सिद्धार्थ तातेड पक्राउ परेका छन् । सप्तरी प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो । राजविराजस्थित कान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव रहेका तातेडले बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।

बचतकर्ताहरूको रकम फिर्ता नगरेपछि ४५ जना बचतकर्ताले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए। प्रहरीले घटनाको अनुसन्धान गरी तातेडसहित सातजनालाई प्रतिवादी बनाएर १९ साउन ०८० मै मुद्दा दर्ता गरेको थियो ।
त्यसको एक वर्षपछि उनी पक्राउ परेका हुन् । अन्य ६ जना अझै फरार छन् । पक्राउ परेका तातेडका सम्बन्धनमा अनुसन्धान गर्न सप्तरी जल्ला अदालतबाट शुक्रबार म्याद लिइएको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७