एनपीएलमा शरद भेषवाकर र विनोद भण्डारी ‘अनसोल्ड’


१८:४८ बजे

काठमाडौं । नेपाली क्रिकेट टोलीका अनुभवी ब्याटर शरद भेषवाकर नेपाल प्रिमियर लिगमा ‘अनसोल्ड’ भएका छन् । ‘क्याटेगोरी ए’ मा १० लाख रुपैयाँमा नाम राखेका उनलाई कुनै पनि टोलीले लिन मन लगाएनन् । अब उनलाई लिन चाहेको खण्डमा ‘ग्रेड बी’ मा पाँच लाख रुपैयाँमा लिनुपर्ने हुन्छ ।

सुरुवातमा भने शरद अनसोल्ड भएका हुन् । नेपाली फ्रेन्चाइज इतिहासमा शरद पहिलो पटक अनसोल्ड भएका हुन् ।यस्तै विकेट किपर विनोद भण्डारी पनि नेपाल प्रिमियर लिग (एनपीएल) मा अनसोल्ड भएका छन् । आइतबार काठमाडौँमा भएको अक्सनमा भण्डारीलाई कुनै पनि टोलीले मूल्य लगाएनन् ।  

उनले न्यूनतम १० लाख मूल्य लगाएका थिए । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भइरहेको अक्सनमा सहभागी ८ टिमले समान १० खेलाडी खरिद गर्दैछन् । आउँदो मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा हुने लिगमा एक टोलीमा १६ खेलाडी छन् ।

जसमा मार्की, चार विदेशी र एक ट्यालेन्ट हबाट टिममा अनुबन्ध हुनेछन् । मार्की खेलाडीमा कुशल भुर्तेल पोखरा एभेन्जर्स, करण केसी काठमाडौँ गुर्खाज, कुशल मल्ल चितवन राइनोज, रोहित पौडेल लुम्बिनी लायन्स, सन्दीप लामिछाने विराटनगर किंग्स, आसिफ सेख जनकपुर रोयल्स, सोमपाल कामी कर्णाली याक्स र दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्स रहेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७