हाडनाता करणीबाट गर्भवती बालिकाले जन्माइन् शिशु


१८:५४ बजे

काठमाडौ । हाडनाता करणीबाट गर्भवती एक बालिकाले शिशुलाई जन्म दिएकी छन् । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया बालिकाको उद्धार गरेको थियो छ ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान समन्वय इकाइद्वारा यही असोज १७ गते ‘दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि, २०७७’ बमोजिम नेपाली सेनासँग समन्वय गरी उद्धार गरिएको हो । जिल्ला अस्पताल बाजुरा, जिल्ला समन्वय समितिबाट सञ्चालित सेफ हाउसका एक जना कमर्चारीका साथ उनलाई प्रदेश अस्पताल, सुर्खेतमा उद्धार गरिएको थियो । जिल्ला अस्पताल, बाजुराका चिकित्सक प्रकाशबहादुर बुढाका अनुसार बालिका हाडनाता करणीमा परी गर्भवती भएको र ३६ हप्ताको गर्भवती बेहोस भएको अवस्थामा उद्धार गरिएको थियो ।

सेफ हाउसका कर्मचारीका अनुसार निज किशोरी कक्षा ६ मा अध्ययनरत रहेको, आफन्त कोही पनि सम्पर्कमा नआएको र उनका आमा, बुबा भारतमा रहेको समेत जानकारी प्राप्त भएको छ । उद्धारको भोलिपल्टै पीडितले बच्चालाई जन्म दिएको र हाल आमा तथा बच्चा दुवैको अवस्था स्वस्थ रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।    

आर्थिक वर्ष २०७५/७६ देखि सुरु गरिएको राष्ट्रपति महिला उत्थान कार्यक्रम दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका प्रभावकारी रुपमा सञ्चालनमा आएको छ । उक्त कार्यक्रम पूर्ण रुपमा १९ जिल्ला र आंशिक  रुपमा जम्मा २९ जिल्लाका (विकट स्थानीय तह) गरी जम्मा ४८ जिल्लामा लागु भइसकेको छ । यस कार्यक्रमअन्तर्गत नेपाली सेना तथा अन्य निजी हेलीकप्टरसँगको समन्वयमा हालसम्म जम्मा सात सय ५७ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७