संकटमा सक्रिय सेना : कतै बेलीब्रिज निर्माण, कतै फड्के पुल (फोटो फिचर)


१८:५० बजे

काठमाडौं : बाढीपहिरोले बगाएको पुल निर्माणमा नेपाली सेना सक्रिय भएको छ । नेपाली सेनाले कतै बेलीब्रिज निर्माण गरीरहेका छन् भने कतै फड्के पुल निर्माणमा जुटेका छन् ।  सुनकोशी नदीमा आएको बाढीले यही असोज १२ गते बगाएको सिन्धुली र रामेछाप जिल्ला जोड्ने खुर्कोटमा नेपाली सेनाले आइतबारदेखि बेलीब्रिज जडान सुरु गरेको छ । 

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बिपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न सेनाले बेलिबृज जडानको काम थालेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यही असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीले एक सय  मिटर लामो पुलको रामेछापतर्फ आधा भाग बगाएपछि सडक आवागमन अवरुद्ध भएको हो । सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ ।

पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको बताइएको छ । पुल बगाएर सडक अवरुद्ध भएपछि उक्त पुल भएर रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई असहज अवस्था सिर्जना भएको छ ।

यसैगरी नेपाली सेनाले पाँचथरबाट ताप्लेजुङ जिल्ला जोड्ने मेची राजमार्गस्थित हेवा खोलामा फड्के पुल निर्माण गरेको छ । बाढीपहिरोले बेलीब्रिज बगाएपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । नेपाली सेनाका रणशेर गणले अन्य सुरक्षा निकाय तथा स्थानीय पालिकाको सहयोगमा अस्थायी फड्के पुल निर्माण गरी आवतजावत सुचारु गरेको हो । 

फोटो फिचर : 

 

खुर्कोटमा बेलीब्रिज बनाउदै नेपाली सेना

खुर्कोटमा बेलीब्रिज बनाउदै नेपाली सेना

खुर्कोटमा बेलीब्रिज बनाउदै नेपाली सेना

हेवा खोलामा बनाइएको फड्के पुल

हेवा खोलामा बनाइएको फड्के पुल

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७