रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली

रास्वपा कार्यालयमा नेता–कार्यकर्ताको भिड


२०८१ कार्तिक २ शुक्रबार २०:१७ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली रास्वपा पार्टी कार्यालय पुगेको छ । जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भए लगत्तै सीआईबीको टोली लामिछानेलाई पक्राउ गर्न रास्वपा कार्यालय पुगेको हो ।

यता रास्वपा सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भयसँगै पाटी कार्यालयमा नेता–कार्यकर्ताको भिड लागेको छ । काठमाडौँको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा यति बेला पार्टीका नेता–कार्यकर्ताहरु पुग्न थालेका हुन् । शुक्रबार कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७