१५ औं महाधिवेशनमा सभापतिमा उठ्छु : शेखर कोइराला


२०८१ कार्तिक २ शुक्रबार २३:०३ बजे

मोरङ । सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले १५ औं महाधिवेशनमा आफू सभापति पदमा उठ्ने कुरामा कुनै ‘कन्फ्युजन’ मा नपर्न नेता एवं कार्यकर्तालाई आग्रह गरेका छन् । विराटनगरस्थित कोइराला निवासमा आज मधेश प्रदेशका नेताहरूसँग भएको भेटघाटमा नेता कोइरालाले यस्तो बताएका हुन् ।

‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो र पार्टीमा गुमेको साख फर्काउने हो । त्यसको लागि तपाईंहरू आ–आफ्नो कार्यक्षेत्रमा खटिनुहोस्,’ उनले भने । नेता कोइरालाले जतिसुकै कोशिश गरे पनि पार्टी सङ्गठन सुदृढीकरण र कार्यकर्ताहरूलाई न्याय गर्ने कुरामा आफूले भने जति काम गर्न नसकेको स्वीकार गरे ।

उनले नेतृत्वमा नपुगी केही गर्न नसकिने रहेछ भन्ने निष्कर्षमा आफू पुगेको स्पष्ट पारे । विक्रम संवत् २०८२ मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिँदै नेता कोइरालाले समयमै महाधिवेशन हुन नसके सिङ्गो कांग्रेस पार्टी नै धराशायी बन्ने भएकाले समयमै महाधिवेशन गराउने कुरामा लाग्न जिल्ला–जिल्लाका नेताहरूलाई निर्देशन दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७