लेबनानमा नेपाली शान्ति सैनिक सुरक्षित छन् : मन्त्री राई


२०८१ कार्तिक ६ मंगलबार २२:०७ बजे

काठमाडौँ । रक्षामन्त्री मानवीर राईले लेबनानमा खटिएका नेपाली शान्ति सैनिक अहिलेसम्म सुरक्षित रहेको बताएका छन् । आज (मंगलबार) मन्त्रालयमा आफूले मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले लेबनानमा ८७७ जना नेपाली शान्ति सैनिक रहेको र सबै सकुशल रहेको जानकारी दिए ।

उनले नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहने र दैनिक आफूले जानकारी लिने बताए । उनले भने, ‘नेपाली सेना जहिले पनि रक्षा मन्त्रालयको चासोको रूपमा रहन्छ । दिनदिनै त्यहाँ के भइरहेको छ, त्यहाँको अवस्था कस्तो छ परराष्ट्र मन्त्रीसँग छलफल भइरहन्छ ।’

यस्तै, मन्त्री राईले लेबनानमा रहेका शान्ति सैनिकसँग प्रधानसेनापति अशोक सिग्देलले दिनमा ३ पटकसम्म संवाद गर्ने गरेको दाबी गरे । राईले पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै गृह मन्त्रालय र रक्षा मन्त्रालयबीच काममा सल्लाह नभएको भनेर बाहिर हल्ला आएकाले त्यसमा सत्यता नरहेको उनले बताएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७