त्रिभुवन विमानस्थलमा पुनः उडान शुरु, भिस्टाराको जाँच गर्न ६ घण्टा लाग्ने


२०८१ कार्तिक ६ मंगलबार २२:१३ बजे
फाइल फोटो

काठमाडौं । भिस्टारा एयरको विमानमा बम राखेको हल्लापछि बन्द गरिएको विमानस्थलको उडान– अवतरण पुनः शुरु भएको छ । यद्यपि, नेपाली सेनाको विशेष टोलीले जहाजमा ‘सर्च’ अपरेशन जारी राखेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले विमानस्थलको नियमित उडानमा हाल कुनै अवरोध नरहेको र केवल भिस्टाराको विमान नजिक अन्य विमानलाई पार्किङ गर्न नदिइएको जानकारी दिएका छन् ।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएका भिस्टारा एयरको ‘यूके १५५’ कलसाइन भएको विमानमा बम रहेको सूचना प्राप्त भएपछि सेनाको बम डिस्पोजल टोलीले विमानलाई सुरक्षित क्षेत्रमै राखेर खोजी गरिरहेको छ । सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार प्रारम्भिक सर्चमा कुनै शंकास्पद वस्तु भेटिएको छैन ।

यात्रुहरूलाई सुरक्षित तरिकाले झारिसकिएको छ, र ‘ह्याण्ड ब्यागेज’ चेक भइसकेको छ भने लगेज र कार्गोको सर्च जारी छ । भिस्टाारा एयरलाइन्सको विमानमा लगातार ६ घण्टासम्म सर्च (तलासी) गरिने भएको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आईकाओ) को नियमानुसार यस्तो अवस्थामा कम्तीमा ६ घण्टासम्म सर्च गर्नुपर्ने हुन्छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रमुख एआईजी किरण वज्राचार्यका अनुसार, विमानमा १४७ जना यात्रु र १० जना क्रू मेम्बर (विमानका कर्मचारी) रहेको पाइएको छ । यस्तै विमानभित्र अहिले नेपाली सेनाको बम डिस्पोजल टोली, बम पत्ता लगाउने कुकुरसहित नेपाल प्रहरीले संयुक्त रूपमा सर्च गरिरहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७