सूर्यदर्शन सहकारीको अनुसन्धान गर्न खटाइए सीआईबीका डीएसपी तिवारी


२०८१ कार्तिक ६ मंगलबार ००:३७ बजे

काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको अनुसन्धानमा सघाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीलाई खटाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न सीआईबीका डीएसपी तिवारीलाई पठाइएको छ ।

सूर्यदर्शन सहकारीबारे अनुसन्धान गर्न दुई जना अधिकृतहरु यसअघि नै पोखरामा गएर काम गरिरहेका छन् ।अनुसन्धानमा सहजीकरण गर्न अहिले तिवारीलाई पठाइएको सीआईबीका एआईजी दिपक थापाले जानकारी दिए ।पोखरास्थित सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ।सूर्यदर्शनका संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर जोशी र लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोप छ । तिवारी यसअघि ६० किलो सुन प्रकरणको दोस्रो चरणको अनुसन्धानमा पनि खटिएका अधिकृत हुन् ।

हाल जिल्ला प्रहरी कार्यालय पोखराका डिएसपी बसन्त शर्मा अनुसन्धान अधिकृत छन् । लामिछानेलाई सस्आइबीले गत शुक्रबार पक्राउ गरी कास्की पठाएको थियो । छविलाल जोशीलाई भने कास्कीमा बयान सकेर बयानका लागि बुटवल लगिएको छ । त्यहाँ सुप्रिम सहकारीको बचत रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि जोशीलाई सोमबार लगिएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७