कोटेश्वरबाट अपहरणमा परेकी महिलाको सकुशल उद्धार


२०८१ कार्तिक ७ बुधबार ०४:१३ बजे

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट अपहरणमा परेकी एक महिलाको सकुशल उद्वार भएको छ । प्रहरीले चाल्नाखेलबाट महिलाको उद्वार गरेको हो । उनलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्वार गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अपहरणमा संलग्न एक जना युवकलाई पक्राउ पनि गरेको छ । एक जना फरार छन् । विदेश जाने सिलसिलामा १६ लाख लिएको विषयमा विवाद हुँदा आरोपीहरूले महिलालाई बन्धक बनाएको प्रहरीले बताएको छ । घटनाबाट थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७