बसको ठक्करबाट ‘वर्थ डे केक’ लिएर फर्कदै गरेका हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु


२०८१ कार्तिक ७ बुधबार ०४:१९ बजे

झापा । झापाको केरखामा आज (बुधबार) साँझ यात्रुवाहक रात्रिबसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिकाको केरखा सडक खण्डमा भएको दुर्घटनामा परी कमल गाउँपालिका– ३ निवासी ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी १० वर्षीया नातिनीको मृत्यु भएको हो । 

काँकडभिट्टाबाट काठमाडौं हिँडेको प्र १– ०१ – ००१ ख ४३३१ नम्बरको बसले हजुरबुबा र नातिनीलाई ठक्कर दिएको थियो । स्थानीय मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका बुवाको मृत्यु भएपछि घटनास्थल तनावग्रस्त बनेको छ। उनीहरूको शव सडकमा राखिएको छ। 

मृतक बालिकाको आज जन्मदिन रहेको र जन्मदिन मनाउन नातिनीलाई लिएर हजुरबुबाले बर्थडे केक लिन गएका थिए। बर्थडे केक र मासु लिएर फर्कदै गर्दा रात्रि बसले उनीहरूलाई ठक्कर दिएको थियो । बर्थडे केक र मासु सडकभरि छरिएको छ भने इलेक्ट्रिक साइकल क्षतिग्रस्त भएको छ ।

करिब हजार बढीको संख्यामा रहेका स्थानीयले बसमा आगजनी गर्नुका साथै रतुवा माई वृक्षारोपण आयोजना अगाडि रहेको प्रहरी बिटमा आगजनी गरेका हुन् । सडकमा टायर बालेर उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध प्रदर्शन गरिरहेका छन् । असुरक्षित महसुस गरेका सुरक्षाकर्मीहरू केर्खा प्रहरी चौकीभित्र रहेका छन् । भीडले चौकीमाथि आक्रमण गर्न प्रयास गरिरहेको छ । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले आशु ग्यास समेत प्रहार गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७