रवि लामिछानेको बयान लम्बियो, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान

रवि र छविलाई भोलि अदालतमा पेस गरिने


२०८१ कार्तिक ७ बुधबार ०४:०९ बजे
फाइल फोटो

 काठमाडौं । कास्कीको पोखरास्थित सरकारी वकिलको कार्यालयमा लिइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान लम्बिएको छ । साढे २ बजेबाट सुरु भएको बयान ‘अनावश्यक’ लम्ब्याइएको भन्दै लामिछानेले असन्तुष्टी जनाएका छन् ।

रविको बयान बेलुकी सात बजेसम्म सकिएको छैन । बयान अधुरो राखेर भोलि म्याद थपका लागि बहाना बनाउन खोजिएको भन्दै रविले आपत्ति जनाएको स्रोतले जानकारी दिएको छ । आज जसरी पनि बयान सक्नु पर्ने अडानमा रवि रहेको स्रोतको भनाइ छ । रविले बयान नसकेसम्म कुर्सीबाट नउठ्ने भन्दै असन्तुष्टि जनाएको स्रोतले जानकारी दियो । जिल्ला अदालत कास्कीले रविलाई ६ दिन थुनामा राख्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिएको छ ।

रवि र छविलाई भोलि अदालतमा पेस गरिने

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीलाई भोलि (बिहीबार) पुनः अदालत पेस गरिने भएको छ । असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएका जोशीलाई अदालतले पछिल्लो पटक असोज १७ गतेदेखि लागु हुने गरी २० दिनको म्याद थपेको थियो । कार्तिक २ गते पक्राउ गरी ल्याइएका रास्वपा सभापति लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न लागिएको कास्की प्रहरीले जनाएको छ ।  सूर्य दर्शन सहकारीसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम अपचलन गरी गोर्खा मिडियामा लगानी गरेको आरोपमा पक्राउ परेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई हिजो सरकारी वकिलको कार्यालयले करिब तीन घण्टा बयान लिएको थियो भने जोशीसँग यसअघि नै बयान लिइसकेको छ ।

गोर्खा मिडियाका पूर्व सञ्चालक रहेका दुवैलाई प्रहरीले सहकारी रकम अपचलन र संगठित अपराध कसुरमा अनुसन्धान अगाडि बढाएको छ । अनुसन्धानका क्रममा केही थप खुल्दै गए अन्य कसुरहरुमा समेत अनुसन्धान गरिने अनुसन्धान अधिकृतहरुले बताएका छन् । यसैबीच रास्वपा सभापति लामिछाने पक्राउ परेको विरोधमा पोखरामा बुधबार पनि प्रर्दशन भएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७