साफ च्याम्पियनसिप : भुटानलाई फराकिलो अन्तरले हराउँदै बंगलादेश फाइनलमा


२०८१ कार्तिक ११ आइतबार १६:०७ बजे

काठमाडौँ । बंगलादेश काठमाडौँमा जारी सातौँ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल पुगेको छ । पहिलो सेमिफाइनल खेलमा भुटानलाई निरीह बनाउँदै बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । दशरथ रंगशालामा भएको खेलमा बंगलादेश ७–१ ले विजयी भयो । बंगलादेश लगातार दोस्रो पटक फाइनलमा पुगेको छ ।

मध्यान्तरसम्म बंगलादेश ५–१ ले अगाडि रहेकामा मध्यान्तरपछि २ गोल गरेको थियो । बंगलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गरेकी थिइन् भने सबिना खातुनले २ तथा ऋतुपूर्ण चक्मा र सेउली अजिमले १–१ गोल गरेकी थिइन् । त्यस्तै भुटानका लागि डेकी लहाजोमले एक गोल गरिन् ।

साविक विजेता बंगलादेशले समूह चरणमा पाकिस्तानसँग बराबरी खेल्दा भारतमाथि शानदार जित निकाल्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको थियो भने भुटानले नेपालसँग बराबरी खेल्दा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो। तर नेपालले जुन तरिकाले नेपाललाई रोकेको थियो उक्त प्रदर्शन गर्न सकेन ।

दोस्रो सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ५ बजेदेखि शुरु हुनेछ ।  समूह ‘ए’ बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका थिए भने समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका थिए । बंगलादेश समूह एमा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको थियो । बंगलादेशले पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो भने भारतलाई ३–१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो । 

त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५–२ को जित निकालेको थियो । त्यस्तै समूह ‘ए’ बाट पाकिस्तान भने तेस्रो हुँदै समूह चरणबाट बाहिरिएको थियो । त्यस्तै समूह ‘बी’ मा भने नेपाल समूह विजेता हुदै सेमिफाइनलमा पुगेको छ ।नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११–० ले र तेस्रो खेलमा श्रीलंकालाई ६–० ले पराजित गरेको थियो । 

नेपालले तीन खेलमा कुल १७ गोल गरेर कुनै गोल खाएको छैन । त्यस्तै भुटान भने ३ खेलमा ७ अंक नै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । भुटानले पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४–१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३–० ले पराजित गरेको थियो ।

भारत ५ पटकको विजेता हो भने नेपाल ५ पटकको उपविजेता हो । साफ च्याम्पियनसिपमा नेपालको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भारत नै हो । गत संस्करण भने नेपालले बंगलादेशसँग घरेलु मैदानमै हारेको थियो । बंगलादेश फेरि पनि फाइनलमा पुगेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७