चिनियाँ विमान पोखरामा दोस्रो पटक अवतरण


२०:२६ बजे

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस ३१९ दोस्रो पटक अवतरण भएको छ । आज (बिहीबार) दिउँसो चार्टड उडानमार्फत सिचुवानको न्यारोबडी एयरबस ३१९ पोखरा आएको छ । पोखरामा शनिबार हुने तेस्रो संस्करणको ‘क्रस कन्ट्री दौड’ मा सहभागी हुने चिनियाँ खेलाडी, प्रतिनिधि, दर्शक र पाहुनासहित १२० जना बोकेर सिचुवानको जहाज पोखरा आएको छ ।

चीनको कुनमिङ विमानस्थलबाट चार्टड उडान भरेर पोखरा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी सूचना अधिकारी जशोदा सुवेदीले जनाइन् । निर्धारित समयभन्दा पहिले पोखरा आइपुगेको उनको भनाइ छ । २ बजेर ४० मिनेटमा पोखरा अवतरण हुने तालिका थियो । २ बजे पोखरा ल्यान्ड भएको उनको भनाइ छ । केहीबेर अगाडि उक्त विमान कुनमिङका लागि उडेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षको असार ६ गते सिचुवानको न्यारोबडी एयरबस ३१९ ले नै पहिलो अन्तर्राष्ट्रिय उडान भरेर आएको थियो । त्यतिबेला पोखराको फेवातालमा पहिलो पटक भएको ‘ड्रागन बोटरेस फेस्टिबल’ मा सहभागी हुने खेलाडी र चिनियाँ पाहुनालाई चीनको छेन्दुबाट चाटर्ड उडान भरेर आएको हो ।

२०७९ पुस १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धुमधामका साथ उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । उद्घाटनको दिन हिमालयन एयरलाइन्सले डेमो उडान भरेको थियो । त्यसपछि असार ६ गते सिचुवान एयरलाइन्सको जहाजले चार्टड उडान भरेर पोखरा आयो ।२०८० भदौ ३ गते भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘ड्रुक एयर’ ले चार्टड उडान गरेर पोखरा आयो ।

पोखराबाट पर्यटकले लिएर फर्कियो । २०८० कात्तिक २२ गते चिनियाँ जनमुक्ति सेनाको दुई कार्गो विमान पोखरामा ओर्लिए । जाजरकोठ केन्द्रविन्दु भएर गएको भुकम्प पीडितका लागि रहात सामाग्री बोकेर ती दुई विमान पोखरा आएका थिए । २०८० मंसिर ७ गते चीनको कुनमिङ सहरबाट हिमालय एयरलाइन्सले पोखरामा चाटर्ड उडान भरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७