माओवादीले भन्यो–मन्त्री नै मानव तस्करीमा मुछिँदा प्रदेशबासीको शिर निहुरियो 


२०:२५ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र संसदीय दल कोशीले निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीको जापान भ्रमण प्रकरणका विषयमा छानबिन गर्न माग गरेको छ । माओवादीले सो प्रकरण मानव तस्करी तथा सरकारी कागजात कीर्तेलगायतको विषयमा जोडिएको भन्दै गम्भीर छानबिनको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ ।

माओवादी कोशी प्रदेश संसदीय दलका सचेतक गीता तिमल्सिनाले विज्ञप्ति जारी गर्दै भ्रमणपछि आएको र त्यससँग सम्बन्धित सार्वजनिक भएका विषयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । विज्ञप्तिमा कूटनीतिक मर्यादाको उल्लंघन गर्दै प्रदेश सरकारको मन्त्री विदेश भ्रमणमा जानु र मानव तस्करी जस्तो गम्भीर अपराधमा संलग्न हुनुले सिंगो प्रदेशबासीको शिर निहुरिएको उल्लेख छ ।

विज्ञप्तिमा जिम्मेवार मन्त्री सरकारी कार्यक्रमको नाममा सामान्य प्रक्रिया समेत पूरा नगरी विदेश भ्रमणमा जाँदा मुख्यमन्त्री प्रदेश सरकार कसरी बेखबर रहे ? मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिसँगै मानव तस्करहरूको गिरोहमार्फत सरकारी कागजात किर्ते गरेका व्यक्तिहरू जापान प्रवेश गर्न खोज्नु गम्भीर विषय रहेको उल्लेख छ । तिमल्सिनाले सो घटनाबारे एक सातासम्म प्रदेश सरकार रमिते बन्नु खेदजनक भएको भन्दै राजीनामा गराएर उन्मुक्ति दिने प्रयास गरिएको आशंका बढेको बताएकी छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७