सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु


२०:२७ बजे

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर एक नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेलधुराको गन्याधुरा गाउँपालिका–१ घरका लेसनायक अन्दाजी २९ वर्षीय पदमबहादुर दियाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

उनका अनुसार भीमफेदी–८, दोभानमा फास्ट ट्रयाक (द्रुतमार्ग) को बेस क्याम्पमा सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन तारमा पाइप छुँदा करेन्ट लागेर उनको निधन भएको हो । उनलाई तत्काल सेनाको हेलिकप्टरमार्फत उपचारका लागि आर्मी अस्पताल छाउनी लगिएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७