कांग्रेसले टुंगो लगायो नलगाडको उपप्रमुख उम्मेदवार


००:५४ बजे

सुर्खेत । आगामी मंसिर १६ गते हुन गइरहेको उपनिर्वाचनमा जाजरकोटका दुई स्थानीय तहका लागि  नेपाली कांग्रेसले उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले आज उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । यस्तै कुशे गाउँपालिका–७, को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ । 

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो। नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन । 

 सिंह ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा सिंह ५ हजार ४०६ मत पाएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुनिता बोहोराले ३ हजार ३९३ मत पाएकी थिइन् । अहिले कांग्रेसले उम्मेदवार बनाएकी इन्द्राचन्द सिंह सरिताकै भाइ बुहारी हुन्। पार्टीमा खासै सक्रिय नभए पनि कांग्रेसले उनलाई उम्मेदवार बनाएको हो । उनी अहिले क्रियाशील सदस्य मात्रै छिन् भने पूर्व शिक्षक हुन् ।

यस्तै कुशे–७, का वडाध्यक्ष मनबहादुर घर्तीको ०७९ असारमा मृत्यु भएको थियो । उनी ०७९ वैशाखमा भएको निर्वाचनमा माओवादीका तर्फबाट ३८० मत प्राप्त गरी विजय भएका थिए । उक्त ठाउँमा अहिले कांग्रेसले उठाएका खम्बबहादुर सिंहले ३१८ मत पाएका थिए । यद्यपि कांग्रेसले पराजित भएका व्यक्तिलाई नै पुनः उम्मेदवार बनाएको छ । सिंह पार्टीको उक्त वडा कमिटी सभापति हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७